‘यो चुनावले क्राइम गर्ने जत्था मात्रै तयार गर्छ: प्रवक्ता प्रकाण्ड

पाेखरा | कात्तिक २९, २०७९

‘यो चुनावले क्राइम गर्ने जत्था मात्रै तयार गर्छ: प्रवक्ता प्रकाण्ड

कास्की:  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७९ ले अपराध गर्ने जत्था मात्रै तयार गर्ने बताएका छन् ।

 

बुधबार पोखरामा हुने जनसभालाई सम्बोधन गर्न पोखरा आइपुगेका प्रकाण्डले आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै आसन्न निर्वाचन जनविरोधी भएको बताउदै वहिष्कार गरेको स्पष्ट पारे ।  ‘अहिले हुन लागेको चुनाव भनेको पाँच वर्ष क्राइम गरेका मान्छेहरुलाई सेभ साइड राख्ने र नयाँ क्राइम गर्ने जत्था तयार गर्ने भन्दा अरु केही पनि होइन, उनले भने, ‘यसले राष्ट्रघात, जनघात, कमिशन महिला बेचविखन, सामाजिक असुरक्षा भन्दा केही पनि गर्दैन भत्यसैले यसको कुनै औचित्य छैन भन्ने हाम्रो पहिलो राजनीतिक निष्कर्ष हो ।’ 

 

उनले आसन्न निर्वाचन जनघाती भएको बताउदै आम नागरिकले नै वहिष्कार गर्नुपर्ने उल्लेख गरे । ‘यो निर्वाचन जनघाती भएकाले यसलाई जनताले पिसफुल्ली रिजेक्ट गर्नुपर्छ, उनले भने, ‘नत्र यसले के देखिन्छ भने पाँच वर्ष लुट भनेर पठाएको जस्तै हुन्छ ।’

 

उनले संसद विदेशीको चलखेलको अखडा मात्रै बनेको बताए । ‘नेपालको संसदको हालत एमसिसी पास हुदा देखिइयो, त्यसकारण नेपालको संसद साम्राज्यवादको चाटुकार भन्दा अरु केही भएन । विदेशीको दलाल र अखडा भन्दा अरु केही भएन । त्यसैले हामीले यो चुनावको अर्थ र औचित्य छैन भनेर खारेजीको नीति अगाडि सारेका हौं ।’

 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको जनसभा भोलि (बुधबार) पृथ्वीचोकमा आयोजना हुने बताइएको छ भने र्याली अमसिँहचौरदेखि सुरु गरिने जिल्ला समिति कास्कीले जनाएको छ ।
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्